थारू समाचार

बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एव‌ं बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो।

थारुवान/चितवन

नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त भएकी छन्। दुई साताअघि सामान्य लक्षणसहित कोरोना पोजेटिभ भएकी उनी आज कोरोनामुक्त भएकी हुन्। सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएकोमा एक साताअघि चौधरीलाई सामान्य ज्वरो पनि आएको थियो।

थारुवान/सुनसरी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

थारुवान/कैलाली

जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी सदस्य राजकुमार लेखीले जसपाका सांसदहरुले सदनमा आवाज उठाउन नसकेको बताएका छन्। सप्तरीको कञ्चनरुपस्थित बलुवा चोकमा आयोजित शुभकामना कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन्।

थारुवान/सप्तरी

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडि लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

थारूवान

थारु समुदायले डस्या (दसैं) मनाएका छन्। कोरोना महामारीका कारण अघिल्ला वर्षहरुजस्तो रौनक थारु गाउँहरुमा नभए पनि परम्पराअनुसार डस्या मनाएका छन्। हेर्नुस् केही तस्बिर:

थारुवान/काठमाडौं

नेपाल पत्रकार महासंघ सिराहाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार निधन भएको छ। सुखीपुर नगरपालिका–८ स्थायी घर भएका ३५ वर्षीय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले जनाएको छ।

थारुवान/सिरहा

बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए।

भुवन योगी/बर्दिया

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए ।

थारूवान

सखिया नाचले चैनार (उल्लासमय) रहने तराईका थारु वस्ती चालु वर्षमा भने उराठ लाग्दा छन् । कोरोना कहरले मानव समुदाय नै प्रभावित भएपछि सखियाको रौनक छाउन पाएन । उसैपनि सामूहिक रुपमा नाचिने सखिया नाच कोरोना कहरले प्रभावित हुने नै भयो ।

लखन चौधरी/धनगढी