थारु समुदायले यसरी मनाए डस्या (दसैं) [फोटो फिचर]

थारु समुदायले डस्या (दसैं) मनाएका छन्। कोरोना महामारीका कारण अघिल्ला वर्षहरुजस्तो रौनक थारु गाउँहरुमा नभए पनि परम्पराअनुसार डस्या मनाएका छन्। हेर्नुस् केही तस्बिर:

थारु जातिको डश्या ढिक्रहवा (अष्टमी) डेउटालाई पूजा गर्दै थारु समुदायका युवा।

कञ्चनपुरको लक्ष्मीपुरका थारु समुदाय दशैंका अवसरमा झुम्रा नृत्य गरी रमाइलो गर्दै ।

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु समुदायका व्यक्तिहरु महाअष्टमीमा पूजा गरेको सामग्री नदीमा बिर्षजन गर्नका लागि नाँचसहित जाँदै । नदीमा सामग्री बिषर्जन गर्न जाने कार्यलाई थारु समुदायले पिट्रहवा विर्षजन भन्ने गरेका छन्।

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका महिला पिट्रहवा विर्षन पश्चात आयोजना गरिने पूजाका लागि सामग्रीको जोहो मिलाउँदै।

थारु बडघरले गाउँले कुलदेवतालाई सेतो टीका लगाएर पूजा गर्दै।

बढैयाताल गाउँपालिका वडा नं ८ मयूरबस्तीमा विजया दशमीको अवसरमा थारु जातिले एक आपसमा सेतो टीका लगाएर सदभाव आदानप्रदान गर्दै।

तस्बिरहरु : मानबहादुर चौधरी/बर्दिया, राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर




Leave a Reply

Your email address will not be published. Required fields are marked *