जबरजस्ती करणीको आरोपमा प्रेमलाल थारु पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडि लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्त थारुलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *