थारू समाचार

कपिलवस्तुको बाणगंगामा तीन दिन नगरस्तरीय माघी महोत्सव हुने

थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने भएको छ ।

कमल चौधरी/कपिलबस्तु

जंग्रार साहित्यिक बखेरी शाखा सुर्खेतले नव युवा थारु साहिल्यकार एवं बुद्धिजीबीहरुबीच गजल, कथा, निबन्ध कसरी लेख्ने लेखन सिप सेसनमा कथासम्बन्धी साहित्यकार मानबहादुर चौधरी पन्ना गजल लेखन सिपसम्बन्धी गजलकार तथा साहित्यकार सोम प्रसाद डेमनडौरा र निबन्ध डायरी लेखन बारे लेखिका बालिका चौधरीले प्रशिक्षण गर्नुका साथै साहित्यसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

थारुवान/सुर्खेत

थारुहरुको जातीय पहिचान जोगाउन यतिबेला शिवराजका थारुहरु अग्रसर भएका छन् । पछिल्लो समय थारु जातिको भेषभुषा, संस्कृति हराउँदै जाँदा यहाँका थारु अगुवाहरु संगठित रुपमा अगाडि सरेका हुन् ।

थारुवान/कपिलवस्तु

टिकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । टीकापुर थरुहट-थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले राष्ट्रपति र प्रधानमन्त्री मिलेर कू गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको बर्दियाको राजापुरमा आयोजित विरोधसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाउँदै कू गरेको आरोप लगाए।

थारूवान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको छ। कैलाली निर्वाचन क्षेत्र नं. ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा उनकै समर्थकहरुले शनिबार दिउँसो पुतला दहन गरेका हुन्।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार समेटिएको छ। केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

थारूवान

संवैधानिक परिषद्ले रिक्त विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको पत्र आइतबार संसद सचिवालयमा पुगेको छ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला अमान्य रहेको भन्दै आपत्ति जनाएको छ। उच्च अदालतले बिहीबार राति जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै रिहा भइसकेका लक्ष्मण थारुलाई जन्मकैद फैसला सुनाएको छ।

थारुवान/काठमाडौं

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला जलाउने भएको छ। राजनीतिक घटनालाई सम्बाद र छलफलको माध्यमबाट समाधान गर्नुको थारुहरु जन्मकैद फैसला सुनाउनु दुर्भाग्य रहेको भन्दै आपत्ति जनएको छ।

थारूवान