उच्च अदालतको फैसला अमान्य : थाकस महामन्त्री

थारु कल्याणकारिणी सभा (थाकस)ले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला अमान्य रहेको भन्दै आपत्ति जनाएको छ। उच्च अदालतले बिहीबार राति जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै रिहा भइसकेका लक्ष्मण थारुलाई जन्मकैद फैसला सुनाएको छ। त्यस्तै रिहा भइसकेका अन्य चार जनालाई जनही दस वर्ष र अन्य तीन जनालाई जनही पाँच वर्ष फैसला सुनाएको छ।

त्यस्तै रेशम चौधरीसहित अन्य सात जनाको जन्मकैदको फैसला भने सदर गरेको छ। उक्त फैसला विभेद्कारी रहेको ठहर गर्दै सभाको तर्फबाट महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए।

त्यसविरुद्ध थाकस सधैं अग्रपंक्तिमा रहने बताउँदै थारु अगुवाहरुसँग छलफल सुरु गरिसकेको चौधरीले बताए। ‘उच्च अदालत दिपायलको फैसला विभेद्कारी छ। राजनीतिक मुद्दालाई छलफलको माध्यमबाट टुंगो लगाउनुपर्छ न कि अन्यायपूर्ण तरिकाले जन्मकैद फैसला,’ महामन्त्री चौधरीले थारुवानसँग भने।

उनले उच्च अदालतको फैसलाविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा थाकस पदाधिकारी, थारु सांसद र अगुवाहरुसँग छलफल चलाउन थालेका जानकारी दिए। ‘सामूहिकरुपमा कसरी दबाब दिन सकिन्छ भनेर थारु अगुवाहरुसँग छलफल गर्दैछौं,’ उनले भने।

आज बिहानमात्र थाकसका पूर्वमहामन्त्री राजकुमार लेखीले यो बेला थाकस किन नबोलेको भन्दै प्रश्न गरेका थिए।

यो पनि पढ्नुस्:

मोर्चाद्वारा उच्च अदालतको फैसला जलाउने निर्णय

टीकापुर घटनाको फैसला उल्टियो, रेशमसहित ७ जनाको फैसला सदर, ४ जनाको सजाय घट्यो 

लक्ष्मण थारुलाई जन्मकैद, संगम, दिल र जीतबहादुरलाई जनही दस वर्ष सजाय

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *