गौरीशंकर चौधरी मन्त्री बनेपछि उनकै क्षेत्रमा पुतला दहन, मेयरले दिए चुनौती

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको छ। कैलाली निर्वाचन क्षेत्र नं. ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा उनकै समर्थकहरुले शनिबार दिउँसो पुतला दहन गरेका हुन्।

संसद विघटन गर्न पाइन्दैन, गौरीशंकर मुर्दावादलगायत नाराबाजी गर्दै पुतला दहन गरेका थिए। केही दिनअघि मन्त्री चौधरीले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफु प्रतिनिधि सभा विघटनको विरोधमा रहेको र प्रचण्ड–नेपाल समूहमै रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचनामा उत्रिएका थिए।

तर काठमाडौं फर्किए लगत्तै मन्त्रीको सपथ लिएपछि उनको नैतिक र चरित्रमाथि कडा आलोचनामा उत्रिएका कार्यकर्ताहरु पुतला दहन गरेका हुन्। मन्त्री चौधरीको नेकपा ओली समूहमा प्रवेशले आक्रोशित भएका कैलारी गाउँपालिका अध्यक्ष लाजुुराम चौधरीले पदको मोहमा नेता र कार्यकर्तामाथि विश्वासघात गरेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दै चौधरीलाई सपथ ग्रहण गराएका थिए।

गौरीशंकरलाई कैलारी गाउँपालिका अध्यक्षको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी ‘अंकित’ले खुला चुनौती दिएका छन्।

पूर्व कृषि मन्त्ती समेत रहेको गौरीशंकर कैलालीको निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित सांसद हुन्। माओवादी आन्दोलनबाट राजनीतिमा आएका गौरीशंकर कैलारी गाउँपालिकाका स्थानीय हुन्। उनका पार्टी सहकर्मी तथा सोही गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आफ्नो फेसबुकमा लेख्दै कडा चुनौती दिएका हुन्।

गौरीशंकर चौधरी मन्त्रीमा सपथ लिएपछि गाउँपालिका अध्यक्ष लाजुरामले प्रतिक्रिया जनाउँदै लेखे, “कमरेडहरु कुनै संकोच नमान्नुस मिति २०७७ पौष ५ गते पार्टी अलग भएको बेला गौरीशंकरलाई दलाल र चातुकार भनेको थिए। तपाइको रु दश करोड ऋण छ । तपाईं ऋण तिर्नलाई ओलीको चातुकार बन्नु हुनेछ। उहाँले त्यही दिन ओलीको गाली र बेइज्जत गर्नु भो। बडो हसिलो र मुस्काान अनि क्रान्तिका कुरा गर्नु भो, अचम्म! अनि मैले के सोचे हुला चिन्ता अनि भोकाएको अनुहारलाई के खुवाउने ? ‘राती खाएन बिहान खाएन’ गौरी जी ले भनेपछि खाना खुवाए। हासी माजाक उहीँ भो ‘दलाल र चातुकार न बन्नुस’ काठमाडौ पठायौ। टिकट को कुरा न गरौ न उहीँ दिन को ‘पेट्रोल’ को आज उही भो …. अब आइज तेरो भाषण र मेरो भाषण ? दलाल हामी कैलारीका कमरेड एक छौ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *