बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एव‌ं बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो।

उनले सामाजिक सञ्जालबाट आफूमा कोरोना सं‌क्रमण पुष्टि भएको जानकारी दिएका छन्। ‘सावधानी अपनाउँदा अपनाउँदै पनि आज कोभिड परीक्षण गर्दा पाेजिटिभ देखिएकाे छ। मेराे सम्पर्कमा रहनुहुने सबैलाई सतर्क रहन अनुराेध गर्दछु,’ उनले लेखेका छन्।

यसअघि संघीय सां‌सद अमनलाल मोदी, शान्ता चौधरी, लुम्बिनी प्रदेशका उपसमाभुख कृष्णी थारु, लुम्बिनी प्रदेशकै मन्त्री बैजनाथ चौधरी, सांसद डिल्ली बहादुर चौधरी र नेकपा नेतृ भगवती चौधरीलाई कोरोना संक्रमण भएको थियो।

सं‌क्रमित सबैजना अहिले कोरोनामुक्त भइसकेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *