देश

नेपालमा लगानी गर्न भारतीय व्यापारीलाई प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आह्वान गरेका छन्। नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे।

थारुवान संबाददाता

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका राष्ट्रपति द्रौपति मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले राष्ट्रपति भवनमा मूर्मूसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

थारुवान संबाददाता

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो । बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक भएको हो ।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथको चन्दन, प्रसाद र रुद्राक्षको माला उपहार दिने भएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ। त्यसक्रममा उनले पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित समकक्षी मोदीको कार्यालय हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।

थारुवान संबाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्। बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो। सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै नेपाली सेनाले चीनबाट हतियार गरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेनाले प्रधानमन्त्रीको भारत भ्रमण अगावै कुनै पनि हालतमा चिनियाँ हतियार खरिद गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय स्तरमा कलम चलाउँदै आएका प्रमोदराज सेढाइले दाबी गरेका छन्। उनले ट्वीटरमार्फत् नेपाली सेनाले हतियार खरिद गर्ने प्रयास...

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको केही दिन अगाडि नेपाली सेनाले चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन लिमिटेड (नोरिन्को) बाट रु ६ अर्ब रुपैयाँको २६ वटा बख्तरबंद वाहक (एपीसी) खरिद गर्ने योजना बनाएको रिपोर्ट आएको छ । एपीसीहरू विभिन्न शान्ति मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरूले प्रयोग गर्ने छन्। कथित रूपमा, सम्झौतामा...

थारुवान संबाददाता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् ।

थारुवान संबाददाता
1 19 20 21 22 23 47