प्रधानमन्त्रीको भारत भ्रमण अगावै चीनबाट हतियार किन्ने प्रक्रिया अगाडि बढाउँदै नेपाली सेना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै नेपाली सेनाले चीनबाट हतियार गरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेनाले प्रधानमन्त्रीको भारत भ्रमण अगावै कुनै पनि हालतमा चिनियाँ हतियार खरिद गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय स्तरमा कलम चलाउँदै आएका प्रमोदराज सेढाइले दाबी गरेका छन्। उनले ट्वीटरमार्फत् नेपाली सेनाले हतियार खरिद गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

उनका अनुसार सेनाले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआइबिएल)सँग हतियार खरिदका लागि लेटर अफ क्रेडिट (एलसी) खोल्न नयाँ पहलसमेत थालेको छ। सेनाले चीनको उत्तरी उद्योग समूह कर्पोरेशन लिमिटेड (नोरिन्को)बाट हतियार खरिद गर्ने प्रकिया अगाडि बढाएको हो।

नोरिन्को अमेरिकाको कालोसूचीमा परेको कम्पनी रहेको र हालै हिमालय बैंकले अमेरिकी प्रतिबन्धको सम्भावित उल्लंघनको आधारमा एलसी खोल्नसमेत अस्वीकार गरेको थियो।

नेपाली सेनाको कारबाहीका कारण नेपाल केन्द्रीय बैंकमाथि आर्थिक प्रतिबन्ध लाग्ने खतरा छ रहेको सेढाईले उल्लेख गरेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको हतियार खरिद गर्ने कुनै योजना नभएको दावी गरेपनि उनले चिनियां दूतावासमार्फत ६ अर्ब बरावरको २६ वटा एपीसी र ७२ वटा टयाक्टिकल भेइकल खरिद गर्ने निर्णय गरिसकेको छ । सेनाले गोली समेत चीनबाट खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ।

चीनबाट ल्याउन लागेको एपीसीको मुल्य भने सात करोड ७५ लाख रहेको छ। प्रधानसेनापति शर्माकै जोडबलमा चीनबाट महंगो मुल्यमा एपीसी खरिद गर्न लागिएको हो। यसमा सत्तारुढ दल निकट उच्च राजनीतिक नेतृत्वका परिवारका सदस्यहरुको समेत संलग्नता रहेको स्रोतको दाबी छ।

यसैबीच प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअघि सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आउँदैछ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका पार्टी सचिव वाङ सियाओहुई प्रतिनिधिमण्डल नेपाल आउँदैछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *