नेपालमा लगानी गर्न भारतीय व्यापारीलाई प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आह्वान गरेका छन्। नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे।

उनले नेपाल लगानीका लागि उर्वरभूमी रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्न भारतीय व्यापारी समूहलाई अपील गरे। उनले त्यसका लागि नेपाल सरकारले लगानीको सुरक्षा र करलगायतका कुरामा छुट दिने घोषणा गरे।

उनले नेपालमा लगानी खेर नजाने भन्दै हालः रहेका भारतीय कम्पनीहरू फाइदामा रहेको र व्यापारमा आम्दानी गरिरहेको बताए।

भारतीय लगानीकर्ताहरूलाई नेपाल सरकार प्रोत्साहन गर्न चाहेको भन्दै उनले नेपालमा रहेका विभिन्न औद्योगिक क्षेत्रहरूमा उद्योग स्थापनाका लागि सहुलियत प्रदान गर्ने बताए।

उनले नेपालको जलविद्युत क्षेत्रमा नयाँ आयाम देखिएको र लङटर्म पावर एग्रिमेन्टले यसलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

‘हाइड्रोपावर क्षेत्रका लागि लङटर्म पावर एग्रिमेन्ट गरेका छौं। यसले दुई देशलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने, ‘यसपटक मैले नयाँ इतिहास रच्न जोखिम पनि लिएको छु।

कार्यक्रममा भारतीय मन्त्री पियुस गोयलले नेपाल र भारत एकै परिवार रहेको बताए। उनले नेपाल र भारत कुनै साथी वा साझेदार नभई एक परिवार भएको बताए। नेपाल र भारतको सम्बन्धलाई भूराजनीतिक तवरले व्याख्या गर्न नमिल्ने उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *