प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित समकक्षी मोदीको कार्यालय हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ। त‍्यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ। प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजनासमेत गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *