भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेटवार्ता

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका राष्ट्रपति द्रौपति मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले राष्ट्रपति भवनमा मूर्मूसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति जगदीप धन्खरसँग शिष्टाचार भेटवार्ता गरेका थिए। दबैसँगको भेटमा दुई देशबीचको हितका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। सो क्रममा नेपाल र भारतबीच विभिन्न सात वटा विषयमा सम्झौता भएको छ।

प्रधानमन्त्री प्रचण्ड भोलि इन्दोर जाने कार्यक्रम छ। त्यसपछि उनी उज्जैनको धार्मिक यात्रा गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *