3

चार थारुसहित १५ राज्यमन्त्रीहरुको शपथ ग्रहरण

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराएका हुन्। 

थारूवान

नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले २, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश राना र रोशन दोङले समान एक गोल गरे। नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले ठूलो अन्तरको जित हात पार्ने टोलीको रणनीतिले गर्दा खेलाडीहरू दबाबमा...

थारूवान

सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

थारूवान

सोम डेमनडौरा। हामी अहिले क्रमबद्धरुपले वपत्तिको सामना गर्दै आइरहेका छौं। कहिले महाभूकम्प, कहिले बाढी र डुबान त कहिले आगलागी। राजनीतिकरुपले अस्तब्यस्त भएको हाम्रो जस्तो अल्पबिकसित राष्ट्रमा यस्ता बिपत्तीले जनजीवन तहसनहस् पार्नु स्वभाविकै हो। यि प्राकृतिक बिपत्तिको सामना गर्नका लागि बिभिन्न प्रयासहरु प्रायः बिफल भएका छन्। हुन त दैबीप्रकोप रोक्ने...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया शाखाले कैलालीको धनगढी उपमहानगर पालिका-१४ फूलबारी एच गाउँका छविलाल चौधरीको परिवारलाई सहयोग गरेको छ। दक्षिण कोरियामा बङगुरफार्मको ट्यांकी सफा गर्ने क्रममा गत जेठ ४ गते निजको असामायिक निधन भएको थियो।

थारूवान

थारु पत्रकार संघ नेपालले आफ्नो महाअधिवेशन सुनसरीमा गर्ने निर्णय गरेको छ। बुधबार कृष्णराज सर्वहारीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले मंसिर मासन्तभित्र सुनसरीमा गर्ने निर्णय गरेको हो। अधिवेशन थारु पत्रकार संघ नेपालको सुनसरी शाखाले मोरङ शाखाको समन्वयमा आयोजना गर्ने निर्णय भएको हो।

थारूवान

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ व्यवस्थापिका सदनमा आज पेश गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकमाथिको दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। नेपालको संविधान जारी भएपछि संविधानका अन्तरवस्तुमाथि असहमति जनाउँदै राष्ट्रिय जनता पार्टीले विगतमा निकै लामो समयसम्म विरोध कार्यक्रम...

थारूवान

शुक्रबारदेखिको अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो। बाढीमा परी ३६ बेपत्ता भएको १७ जना घाइते भएको केन्द्रले जनाएको छ।

थारूवान

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो ।

थारूवान

शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन-तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी ३० जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ ।

थारूवान
1 57 58 59 60 61 119