विपद्को सामना गर्न किन सक्दैनौं सरकार?

सोम डेमनडौरा।

हामी अहिले क्रमबद्धरुपले वपत्तिको सामना गर्दै आइरहेका छौं। कहिले महाभूकम्प, कहिले बाढी र डुबान त कहिले आगलागी। राजनीतिकरुपले अस्तब्यस्त भएको हाम्रो जस्तो अल्पबिकसित राष्ट्रमा यस्ता बिपत्तीले जनजीवन तहसनहस् पार्नु स्वभाविकै हो। यि प्राकृतिक बिपत्तिको सामना गर्नका लागि बिभिन्न प्रयासहरु प्रायः बिफल भएका छन्। हुन त दैबीप्रकोप रोक्ने उपाय हामीसँग छैन। तर यसको सामना या यो सँग जुध्न सक्ने क्षमता भने बनाउन सकिन्छ। त्यो प्रयास नेपालमा नभएको भने होइन। तथापि हामीहरुले हरेक बर्ष ठुलै क्षति बेहोर्न परेको छ।

नेपालमा हरेक बर्ष दोहरिने प्राकृतिक बिपत्ति भनेको बाढी र डुबान हो। यसले बर्षेनी ठुलै धनजनको क्षति गर्दै गरेको अवस्था छ। यस्ता प्रकोपबाट उद्धार गर्नको लागि सरकार लागि परेको छ तर प्रभावकारिता छैन। या भनौं यस समस्याप्रति लाचार छ भन्दा पनि फरक नपर्ला। यसो हुनुका बिबिध कारणहरु छन्। जसलाई सरकारले तत्काल सिकाईको रुपमा सुधार गर्नुपर्छ।

भुकम्प, बाढी तथा आगलागी जानकारी दिएर आउने होइनन्। यसकारणले पनि पुर्ब तयारी राम्रो हुन आवश्यक छ।

अहिले देशैभरिका तराई क्षेत्र डुबानको चपेटामा परेको छ। सयौंको ज्यान गइसक्यो। बस्तुभाउ र धनसम्पत्तिको त कुरै नगरौं। सरकारलाई यो जानकारी हुनुपर्ने बाढी तथा डुबान समस्या हरेक सालजसो दोहरि नै रहन्छ। हरेक साल यसले ठुलै क्षति पुर्याएर जान्छ। यसपछिको क्षति जनता स्वयंले आफ्नै तरिकाले सामना गरेका छन्। बाढी पछिको प्रकोप झन् बिकराल हुन्छ।

बाढी पछिका अवस्थालाई केलाउँदा सरकारका धेरै ठुला कम्जोरीहरु भेटिन्छन्। यसका साथै बिपदमा काम गर्ने संघसंस्थाका पनि कम्जोरी छन्। यद्यपि कत्ति नगरेको भन्न खोजेको होइन। हरेक बर्ष दोहरीने समस्या भएकाले सरकारले चुप लागेर बस्न मिल्दैन। यस्ता समस्याका सामना गर्नका लागि सरकारले तथा संघसंस्थाले मुख्य तीन किसिमका योजना बनाएरजहिले पनि तयारी अवस्थामा बस्नुपर्छ। त्यो योजना भनेको पुर्ब तयारी (सावधान रहने), बिपदका बेला (तुरुन्तै गरि रहने) र बिपद पछिको योजना हुन्।

हामीलाई थाहा छ, बाढी र डुबान जतिखेर पछि आउन सक्छ। यसकारणले बाढी तथा डुबानग्रस्त क्षेत्रका जनतालाई तत्काल बचाऊ गर्ने तरिकाको बारेमा प्रशिक्षित गर्नुपर्छ। यसो गर्दा हरेक घरका एक सदस्य र युवाहरुलाई सशक्त गर्नुपर्छ। हरेक घरमा कम्तिमा दुई वटा भरपर्दो लाइट ज्याकटको ब्यबस्था गरिनुपर्छ। हरेक प्रहरी चौंकी या गाउँपालिकाको मातहतमा रहने गरि बलियो खाले डुंगाको ब्यबस्था गर्नुपर्छ। यसैगरिकुनै भरपर्दो ठाउँमा त्यहाँको जनसंख्यालाई समेत्ने गरि बसोबास स्थल (शेल्टर) को निर्माण गरिनुपर्छ। साइरनको ब्यबस्था गर्ने। कम्तिमा यति काम गर्न सकियो भने हुन सक्ने ठुलो क्षतिबाट बचाउन सकिन्छ। समयमा नै सुरक्षित स्थानमा जान सकिन्छ। अबको यो बिपदबाट सरकारलाई सिकाई हुनैपर्छ। स्थानीय सरकारले यसमा काम गर्नैपर्छ।

बिपद भई रहेको अवस्थामा अर्को ठुलो चुनौति भनेको गास, बास र कपासको ब्यबस्था गर्नु हो। अहिले हरेकजसो छलफलमा कहाँ जाने, कसरी जाने, कति लग्ने, के के लग्ने भन्ने जस्ता प्रश्नले अन्योल बनाई रहेको छ सबैलाई। यसो हुनुको मुख्य कारण हो हामीसँग त्यहाँको तथ्यांक नहुनु। पुर्ब तयारीमै तथ्यांक संकलन र त्यहाँको जनसांख्यीक बितरणको बारेमा थाहा हुनुपर्छ। हामीले यसैको बारेमा परियोजना लागु गरेका छौं भने डुबान तथा बाढीग्रस्त क्षेत्रको हरेक बर्ष तथ्यांक लिने तथा अध्यावधिकरण गर्नु नितान्त प्राथमिकताको कार्य हुन आउँछ। अहिले आएर एकातिर मान्छे सुत्ने, खाना पकाउने र खाने, पिउने पानी नै छैन र हामीले तथ्यांक संकलनको बिषयम त्यहि छलफललाई लम्ब्याइ राख्यों भने यो भन्दा अर्को ठुलो अमानबीयता र दुर्दशा हुनै सक्दैन। तसर्थ यस्तो बेलामा तत्काल राहत प्रदान र शुद्ध खानेपानीको ब्यबस्था गरिनैपर्छ। हेक्का रहोस्, यस वर्ष सरकारले पुर्ण तथ्यांक संकलन र आगामी बर्षमा यसको नियमित अध्यावधिकरण गर्नैपर्छ। ताकिअर्को बर्ष कसैगरि यस्तो बिपद आइपरेमा त्यहाँका पिडित जनताहरु समयमै राहत पाउन सकुन। बाँच्न पाउने, खान पाउने अधिकारको संरक्षण होस्। यसो गर्न सकेमा राहतका लागि अलमलिई राख्नु पर्दैन। बिबाद आउँदैन र पीडितहरु समयमै राहत पाउँछन्।

एकातिर बिपदले हानीराखेको बेला अर्कोतिर ठुलठुला होटलमा इन्डिकेटर या आउटपुट सेट गर्न जरुरी छैन। घरिघरी एउटै बिषयमा बहस् र छलफल गरि राख्न पनि जरुरी छैन। पहिले ज्यान बचाऊ, त्यसपछि खाना, स्वास्थ्य, पानी र बासको ब्यबस्था जुटाउनु पर्छ। अनि शिक्षाका कुराहरु बिस्तारै आउँदै गर्लान्। यसै अनुरुप सरकार र सम्बन्धित निकायहरु मौसमको शुरुवाट सँगै पुरा तयारी अवस्थाम रहनु पर्छ। र त्यो तयारी समयमै सम्बन्धित समस्यामा तत्काल प्रयोग गर्नुपर्छ।

बिपद पछिको अर्को जोखिम हो स्वास्थ्य समस्या हो। पानीका धारा सबै डुबी सकेको हुन्छ। जीब जनावर मरे गलेका हुन्छन्। यतिबेला छाडा पखाला, हैजा जस्ता महामारी फैलने एकदमै जोखिम हुन्छ। तसर्थ, बाढी तथा डुबान क्षेत्रमा पिउनका लागि शुद्ध पेय जलको पूर्ति गर्नुपर्छ या फिल्टरको ब्यबस्था पुर्याउनुपर्छ। सरकारले पुर्ब साबधानी अपनाउने हो भने डुबान क्षेत्रलाई लक्षित गरि खानेपानी ट्यांकीको निर्माण गर्न जरुरी छ। अन्य बेलामा भन्दा यस्तो बिपत अवस्थामा सहजरुपमा पानीको ब्यबस्था गर्न सकिन्छ।

अहिले राहत संकलनमा गैर सरकारी संघसंस्था, युवा समुह तथा बिभिन्न सामुदायिक समुहका निकै महत्वपुर्ण भूमिका रहेको छ। यति सहयोग हुँदाहुँदै पनि सहज र समानरुपमा बितरण हुन सकेका छैनन्। सरकारको एकद्धार प्रणालीको उचित कार्यान्वयन हुन नसकेको या प्रभावकारिता माथिको प्रश्न छ। अझ अति बिकट ठाउँमा सम्बन्धित पुग्न सकेको छैन। यसो हुनुमा तथ्यांक नहुनु ठुलो चुनौति हो। यसर्थ बिपद तथा दैबी प्रकोपलाई रोक्न नसके तापनि यसको सामना गर्न सरकार सक्षम हुनुपर्छ। जनताका सुरक्षाका लागि सरकार गम्भिर हुन जरुरी छ। जनताका पीडाको सहि सम्बोधन सहि समयमा हुनुपर्छ। बिपदको सामना गर्न किन सक्दैनौ सरकार?




Leave a Reply

Your email address will not be published. Required fields are marked *