3

रेशम चौधरीको समर्थनमा राजधानीमा मसाल जुलुससहित विरोध प्रदर्शन गरिँदै

प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेका थारुहरुको रिहाई माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ।

थारूवान

किशोरी मृत्युको छानबिन माग गर्दै आफन्त र स्थानीयवासीले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । कटहरी गाउँपालिका–१ की १७ वर्षीया आइसा चौधरीका आफन्तले प्रदर्शन गरेका हुन् ।

थारूवान

उन्नती चौधरी/अनलाइनखबर। जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ? राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र...

थारूवान

तीन दिनसम्म चलेको थारु कल्याणकारिणी सभा (थाकस) चितवनको जिल्ला अधिवेशनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ । थाकसले घोषणा पत्रको पहिलो बुँदामा नै कैलालीको टिकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २२, बेलोध...

थारूवान

लखन चौधरी/धनगढी। फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत थुनुवाहरू अस्पताल भर्ना भएका छन् । तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको अस्पताल स्रोतले जानकारी दियो ।

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन्। 

थारूवान

पूर्वसांसद रुक्मिणी चौधरीले २०७२ सालमा घटेको टीकापुर घट्ना नितान्तै राजनीतिक भएको बताएकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टीकापुर घटनाको सत्यतथ्यसहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्।

थारूवान

कैलाली कारागारमै फागुन २० गते साँझदेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थारु अगुवा र राष्ट्रिय मानव अधिकार आयोगबीच आज भेटवार्ता भएको छ। अनसनमा रहेका २४ जनामध्ये लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले बताएका छन् । अर्का थुनुवा किसन चौधरीको प्रेसर...

थारूवान

लखन चौधरी/धनगढी। प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि संसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे । प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सभामुख अर्जन थापाले दिएको १० मिनेटको समय सीमामा अधिकांश समय कारागारबाटै आमरण अनशन थालेका प्रतिनिधिसभा ‘सांसद’ रेशम चौधरीको पक्षमा...

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको छ । माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।” उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेश्रो वर्षमा अध्ययनरत छिन् । सोहि...

थारूवान
1 36 37 38 39 40 119