राजनीति

लेखीको कार्यक्रम दाङका सभासद्ले बहिष्कार गरे

थारु कल्याणकारिणी सभाको क्षेत्रीय समिति देउखुरीको अधिवेशन थारु सभासद्हरुले बहिस्कार गरेका छन्। कार्यक्रमको प्रमुख अतिथिमा सभाका पूर्वमहामन्त्री एवं सचिवालय सदस्य राजकुमार लेखीलाई निम्त्याएपछि सभासद्हरुले देउखुरी समितिको १५औं अधिवेशन बहिस्कार गरेका हुन्। कार्यक्रमका लागि दाङका थारु सभासद्लाई निम्त्याइएको थियो।

थारूवान

गोपाल दहित तराई थरुहट क्षेत्रमा लाखौं जनताको स्वतःस्फूर्त भौतिक सहभागितामा थरुहट र मधेसी मोर्चाको आह्वानमा गरिरहेको आन्दोलन तीन महिना नाधेको छ । तर नेपाल सरकार र ठूला दलका शीर्ष नेताहरुको कुम्भकरणीय निन्द्रा अझै पनि खुलेको छैन । प्रस्न उठ्छ, निन्द्रा नखुलेको हो कि निदाएको नाटक गरेको हो ?

थारूवान

थारु नेता राजकुमार लेखीले थारु मधेसीले छुट्टै देश नमागेको स्पष्ट पारेका छन्। थारु मधेसीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मगेको उनले बताए। बाराको जितपुरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै लेखीले भने, ‘थारु मधेसीले कुनै देश मागेको होइन, उनीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मागेको हो ।’ उनले पहाड जनता पाँच...

थारूवान

रौतहटका थारुहरुले तराईमा कम्तीमा दुई प्रदेश हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभाले मेची महाकाली अभियानअन्तर्गत रौतहटको डुमरियामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले थारु मधेसीको आन्दोलन संयुक्तरुपमा हुनुपर्ने बताए । उनीहरुले स्थानीय थारु नेताहरुलाई दबाब दिन आवश्यक रहेको बताए ।

थारूवान

व्यवस्थापिका संसदको सोमबारको पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्धसहितका ८ दलको अवरोधले स्थगित भएको छ । मोर्चाको अवरोधले संसद् बैठक मंसिर ६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेस र थारुको माग सम्बोधन गर्न नसकेको बताए ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाविभागीयमन्त्री तथा राज्यमन्त्रीको कार्यविभाजन गरेका छन्। मन्त्रिपरिषद्को विस्तारसँगै गरिएको नयाँ कार्यविभाजनअनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा रामजनम चौधरी, युवा तथा खेलकुदमन्त्रीमा सत्यनारायण मण्डल र विज्ञान तथा वातावरणमन्त्रीमा विश्वेन्द्र पासवान रहेका छन्। यस्तै रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले मेची-महाकाली अभियानअन्तर्गत झापामा सात प्रदेशको विरोध गरेका छन्। थारु कल्याणकारिणी सभा झापाले थारुको मागलाई सरकारले सम्बोधन गर्न गरेको ढिलाई र जारी गरेको सात प्रदेशको विरोधस्वरुप सात प्रदेश लेखेको कागज जलाएको हो।

थारूवान

नवलपरासीमा भएको थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेलाले १७ बुँदे घोषणा पत्र जारी गरेको छ। विगत ८४ दिनदेखि जारी थारु आन्दोलन उपलब्धिमूलक र शान्तिपूर्ण रहेको बताउँदै सभाले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ। अबको आन्दोलन सीमा र राजमार्ग केन्द्रीत सभाले अबको आन्दोलन सीमा र राजमार्गकेन्द्रीत गर्ने बताएको छ।...

थारूवान

थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलामा थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थारुवान थरुहट संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीको राजीनामा माग गरिएको छ। बाँकेका प्रतिनिधि गणेश थारुले सभाको विशेष अधिवेशन बोलाएर अध्यक्ष चौधरीलाई हटाउनुपर्ने माग गरे।

थारूवान

थारु कल्याणकारिणी सभाको नवलपरासीमा जारी दुई दिने राष्ट्रिय भेलाका प्रतिनिधिहरुले थारु सभासद्हरुको चर्को विरोध गरेका छन्। आन्दोलन परिचालन समितिमा बसेर सरकारमा सहभागी हुन तछाडमछाड गरेको भन्दै थारु सभासद्हरुको विरोध भएको हो।

थारूवान