राजनीति

बल्ल बोले रामजनम, भने- टीकापुर घटनाको मुद्दा फिर्ता नलिए निर्वाचन हुन दिन्नौं

कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदबीच जुहारी चलेको छ ।

थारूवान

राज्य पुनर्संरचना प्राविधिक समिति मोरङले थारु बाहुल्य क्षेत्रलाई स्वायत्त वा विशेष संरक्षीत क्षेत्रका रुपमा नराखेको भन्दै मोरङका थारुहरूले असन्तुष्ट भएका छन् । शुक्रबार विराटनगरमा थारु महिला साभा, थारु महिला समाजलगायतका विभिन्न संघसंस्थाले आयोजना गरेको जितीया महोत्सवका बक्ताहरूले पुनर्संरचनामा थारु बाहुल्य क्षेत्रलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि राखेका हुन् ।

थारूवान

संविधानसभाबाट जारी गरिएको संविधानका केही अन्तरवस्तुप्रति असन्तुष्टि जनाउँदै आएका राजनीतिक दलको भावनालाई समेट्नेगरी संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई सुझाव दिइएको छ ।  नयाँ शक्ति पार्टी, नेपालले आज यहाँ आयोजना गरेको संविधानका अवसर, चुनौती र भावी कार्यदिशा विषयमा संविधान संवाद कार्यक्रमका वक्ताले राजनीतिक दलहरुबीच छलफल गरेर संशोधनका बुँदामा सहमति...

थारूवान

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्या गर्नेहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने चेतावनी दिएका छन् । सरकारले हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने र सुरक्षकर्मीको मनोबल गिराए राज्यलाई ध्वस्त बनाउने प्रयास गरिरहेको आरोप गौतमले लगाएका छन् ।

थारूवान

दिल बहादुर चौधरी। नेपालको इतिहासलाई पढ्ने हो र समाजलाई राम्ररी अध्ययन गर्ने हो भने थारुहरु राणाकालदेखि समय समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि आवाज उठाउँदै आएका छन्। अधिकारका लागि जीवन बलिदानी समेत दिएका छन्। तर नागरिक तथा राजनैतिक अधिकारको लागि, पहिचानको लागि, छुट्टै ‘थरुहट प्रदेश’ को लागि चाहिं...

थारूवान

लखन चौधरी/धनगढी। मुक्तकमैया समस्या समाधान आयोगको केन्द्रीय सदस्यमा बसन्ती चौधरी नियुक्त भएकी छिन् । भूमी सुधार तथा व्यवस्था मन्त्रालय अन्तगरगत उक्त आयोगको हालैको मन्त्री स्तरीय निर्णयानुसार उनलाई कैलाली जिल्लाबाट केन्द्रीय सदस्यमा तोकिएको हो । उनी भन्दा पहिेले कैलाली जिल्लाबाट आयोगको केन्द्रीय सदस्यमा दिपु चौधरी रहेका थिए ।

थारूवान

निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ। आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइसमेत पेस नगर्ने ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको छ।

थारूवान

राजधानीमा बस्ने थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। जितिया पर्वको अवसरमा थारु महिला सभा र थारु महिला समाजले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय जितिया पर्व महोत्सवमा थारुसँग सम्बन्धित विभिन्न नाचगान प्रस्तुत गरिएको थियो।

थारूवान

टीकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका नेता लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।

थारूवान

विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध अधिकांश नेता तथा कार्यकर्ता थरुहट तराई पार्टीमा प्रवेश गरेका छन्। बिहीवार धनगढीको जाईमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले फूलमाला लगाएर पार्टी प्रवेश गराए।

थारूवान