राजनीति

मधेसी, थारु र मगरलाई न्याय हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुनेगरी सहमतिको प्रयास भइरहेको बताएका छन्।

थारूवान

मधेसी मोर्चासँग सहमतिको वातावरण सहज बनाउन दसैंअगाडि नै दोस्रो मधेस आन्दोलनसँग जोडिएका मुद्दा फिर्ता लिन सरकार हतारिए पनि तत्काल सम्भव नहुने भएको छ । गृह मन्त्रालयले हतार गरे पनि संवैधानिक प्रक्रिया र जटिलताका कारण मुद्दा फिर्ताको निर्णय दसैंअगाडि असम्भव भएको हो । 

थारूवान

साउन १९ गते प्रधानमन्त्रीमा चयन भएलगत्तै संविधान संशोधन प्रक्रिया थाल्ने बताएका पुष्पकमल दाहालले पदभार समालेको केही दिनमै दुई महिना पुग्दैछ। सत्ता साझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार अब दाहालको प्रधानमन्त्री हुने समयावधि करिब सात महिना बाँकी छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभामा सहभागी भएका छन्। बर्दियाको खोल्टीबजारमा पूर्वमन्त्री चौधरीको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताए।

थारूवान

व्यवस्थापिका संसदले थारू अायाेगसहित विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

थारूवान

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले मधेस आन्दोलनका क्रममा राज्यद्वारा भएका दमनका घटनाहरुलाई छानविन गर्ने आश्वासन दिएको छ। मधेस आन्दोलनमा राज्य पक्षले चरम मानव अधिकारको उल्लंघन, निर्मम दमन र शान्तिपूर्ण विरोध प्रदर्शनमा निहत्था निर्दोष जनताको हत्या भएको ठहर गर्दै एमनेष्टीले दोषीमाथि कारबाहीका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको हो। 

थारूवान

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ। दाहाल नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो।

थारूवान

नेपाली कांग्रेसका नेता एवं सांसद सुरेन्द्र चौधरीले डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनको छैठौं दिन शनिबार स्वास्थ्य सेवा र शिक्षाका लागि उनले उठाएका माग पूरा गर्न प्रमुख दल नै मौन रहेको अवस्थामा आफूले भ्रष्टाचारविरुद्ध अभियानमा नेतृत्व लिने दृढता चौधरीले व्यक्त गरे।

थारूवान

सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ । प्रधानमन्त्री...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले दुई बुँदे निर्णय गरेको छ। असोज १३ र १४ गते बसेको बैठकले टीकापुरलगायतका घटनामा भइरहेको टीकाटिप्पणीबारे ध्यानकर्षण भएको जनाएको छ। घटनामा पक्राउ परेकाहरुको अवलिम्ब रिहाईको माग पनि समितिले गरेको छ।

थारूवान