मधेसी, थारु र मगरलाई न्याय हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुनेगरी सहमतिको प्रयास भइरहेको बताएका छन्। सोमबार बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने, ‘ संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेकै छ। तर, विगतमा संविधान निर्माण गर्दा मधेस, थारु र मगरहरुको कलष्टर अलग-अलग पर्न गयो। यसपटक मधेस, थारु र मगरहरुलाई न्याय हुनेगरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको छ।’

भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियासिल रहेको बताए। भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *