थारू अायाेग गठन सम्बन्धी विधेयक संसदीय समितिमा

व्यवस्थापिका संसदले थारू अायाेगसहित विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

संसदको आइतबार बसेको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा पठाएको हो ।

संवैधानिक आयोग गठन सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाएसँगै संसद बैठक असोज १८ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

यी ६ वटा विधेयक संसदबाट पारित भएर आयोग गठन भएपछि नेपालमा संवैधानिक निकायको संख्या १३ पुग्ने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *