पुनर्संरचनामा थारुको असन्तुष्टि

राज्य पुनर्संरचना प्राविधिक समिति मोरङले थारु बाहुल्य क्षेत्रलाई स्वायत्त वा विशेष संरक्षीत क्षेत्रका रुपमा नराखेको भन्दै मोरङका थारुहरूले असन्तुष्ट भएका छन् । शुक्रबार विराटनगरमा थारु महिला साभा, थारु महिला समाजलगायतका विभिन्न संघसंस्थाले आयोजना गरेको जितीया महोत्सवका बक्ताहरूले पुनर्संरचनामा थारु बाहुल्य क्षेत्रलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि राखेका हुन् ।

प्रदेशको सिमाङकनमासमेत असहमति जनाउ“दै आन्दोलनरत थारुहरूले स्थानिय तहको राज्यपुनर्संरचनामा पनि असन्तुष्टि देखाएका छन् । थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगतले थारुहरूको बाहुल्य क्षेत्रलाई पहिचान झल्कने गरी गाउ“पालिका बनाउन माग गर्दै आए पनि राज्यपुनर्संरचना प्राविधिक समितिले मागको वेवास्था गर्दै पुनर्संरचनाको खाका पठाएको गुनासो गरे । उनले मोरङमा कम्तीमा तीनवटा गाउ“पालिका थारुको पहिचान झल्कने खालको हुनुपर्ने बताए । उनले तराईका आदिवासी थारुहरूको छुट्टै भाषा, भेषभुषा र संस्कृति भएकाले थारु बाहुल्य तराईका जिल्लाहरूमा पहिचान झल्कने खालका गाउ“पालिका निर्माण गर्न आग्रह गरे ।

मोरङका थारुहरूको माग राज्य पुनर्संरचता जिल्ला प्राविधिक समिति मोरङलाई पनि बुझाइसकिएको भगतले बताए । थारु कल्याणकारी सभाका प्रशिक्षण प्रमुख राजकुमार लेखीले थारु, आदिवासी जनजाती , मधेसी र दलितहरूको मागलाई राज्यले सम्बोधन नगरे फेरि आन्दोलन चर्काउने चेतावनी दिए । उनले भने‘थारु, आदिवासी जनजातिको माग संवोधन नभए बर्षौं लामो आन्दोलन चर्काउन हामी बाध्य हुनेछौं ।’

थारु, मधेसी, आदिवासीका नेताहरू पदमा पुगेपछि आफन्तमुखि हुने गरेकाले अधिकार प्राप्तिमा समस्या भइरहेको गुनासो गरे । थारु, मधेसी, जनजातिका अधिकारका लागि आन्दोलन गरेको भन्ने नेताहरू विजयकुमार गच्छदार, राजेन्द्र महतो, उपेन्द्र यादवलगायतका नेताहरूले पदमा पुगेपछि श्रीमती, भाइ ,भतिजा, साला, साली र आफन्तलाई मात्रै अवसर दिने गरेको उनको गुनासो छ ।

कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय महिला विभाग प्रमुख यशोधा चौधरीले थारु महिलाहरूको शशक्तीकरण जरुरी रहेको बताइन् । उनले पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका थारुहले पहिचान र अधिका प्राप्तिको आन्दोलन जारी राखेकै कारण यो बर्षको जितिया पर्वलाई पनि आन्दोलनकै रुपमा मनाएको बताइन् ।

कार्यक्रममा सुनसरी र मोरङका थारुहरूको भेषभुषा, रितिरिवाज र परम्परा झल्कने विभिद सा“स्कृतिक कार्यक्रमको पनि अयोजना गरिएको थियो । आदिवासी थारुलगायत तराईका महिलाहरूले सन्तानको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै तीन दिनसम्म यो पर्व मनाउने गर्दछन् । जितिया पर्वमा विवाहीत महिलाहरू ३६ घण्टासम्म ब्रत बस्ने गर्दछन् । विहीबार देखि सुरू भएको जितीया पर्व शनिबार सम्पन्न हु“दैछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *