रेशमका पिता लालवीर चौधरी बने बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रेशमको उम्मेदवारी खारेज भए पनि सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै लालवीर चौधरीले चुनाव लड्नेछन्। बर्दिषा क्षेत्र नं २ मा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। रेशम चौधरीका पितासमेत रहेका लालवीर चौधरीलाई ‘ब्याकप उम्मेदवार’को रुपमा मनोनयन दर्ता गराइएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

‘हाम्रो देशको न्याय प्रणाली एकदमै विभेद्कारी छ। रेशमजीको उम्मेदवारी खारेज हुनसक्ने आँकलन गरेरै हामीले ब्याकअप उम्मेदवार उठाएका थियौं। उहाँको बुबासमेत रहनुभएका लालवीर चौधरी अब नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व जनाउनुहुनेछ,’ पार्टी प्रवक्ता दामोदर पण्डितले भने।

लालवीर चौधरी अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए। लालवीरले प्रदेशतर्फ कैलालीको १(क)बाट उम्मेदवारी दिएका थिए। सो क्षेत्रमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कृष्णकुमार चौधरी निर्वाचित भएका थिए।

बर्दिया-२ का निर्वाचन अधिकृत नगेन्द्र लम्सालले निरन्तर कैदमा रहेका व्यक्ति कैदमा रहँदासम्म उम्मेदवार हुन नसक्ने कानुनी व्यवस्था भएको भन्दै रेशम चौधरीकझ उम्मेदवारी रद्द भएको बताए।
फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारीद दिएकी छन्।

टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। रेशमको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ।




One thought on “रेशमका पिता लालवीर चौधरी बने बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार

  1. माननीय रेशमलाल चौधरी र लक्ष्मण चौधरीको उम्मेदवारी खारेजी गर्ने मनुवादी दलहरु:काँग्रेस,एमाले,माओवादी,राप्रपाको बिरुद्ध र नागरिक उन्मुक्ति पार्टीको पक्षमा भोट हालौं ।
    जय नागरिक ! जय ढकिया !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *