थारु नेताले खोले खाता, सर्लाहीको हरिपुरमा कांग्रेसका गोपाल पजियार निर्वाचित

सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पजियार निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पजियार विजयी भएका हुन्। उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए।

त्यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसकी नीलम राय यादव ५ हजार ५८३ मत ल्याएर निर्वाचित भएकी हुन्। उनकी प्रत्यासी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मतमात्रै ल्याइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *