हिमनदी फुटेर उत्तराखण्डमा आएको बाढीमा सोहन चौधरी र शंकर चौधरी बेपत्ता

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर बेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ। स्थानीय प्रशासनले हिजो बेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो। बेपत्ता हुनेमा नेपालका ३ जना छन्। स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ।
बेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन्। उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका बासिन्दा हुन्। बेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका बासिन्दा रहेका छन्। उत्तर प्रदेशका ४६ जना बेपत्ता भएका छन्।
१ सय १५ जनाको नामा सार्वजनिक गरिए पनि २ सयभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ। बेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भइरहेको स्थानीय प्रशासनले जनाएको छ। अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ। जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *