राजेन्द्र महतोले थरुहट मोर्चालाई आन्दोलनमा उत्रिन गरे आह्वान

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरेर आन्दोलन उत्रिन आह्वान गरेका छन्। नेता महतोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महोत्तरी जिल्ला अदालतले सुनाएको फैसलाको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका हुन्।

नेता आन्दोलनको मर्मविपरीत अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई राज्यले दबाउन खोजेको आरोप लगाएका छन्।

‘महोत्तरी जिल्ला अदालतले सुनाएको फैसलापछि एकपटक फेरि त्यति बेलाका आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिलाई जुन आज विभिन्न रूपमा छरिएर बसेको छ। त्यसलाई सामूहिकरूपमा सरकारमाथि दबाब बनाउन नैतिक दबाब सिर्जना गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेता महतोले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो नेता कार्यकर्ताविरुद्ध भइरहेको पड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन र खुट्टा नकमाउन आग्रह गरेका छन्।

‘अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको प्रपञचको हामी खुलेर विरोध गरौं। तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरूहटका सबै नेताहरूलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भई प्रतिकारमा उत्रिन आह्वान गर्दछु,’ महतोले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *