विश्वकै लामो नदी क्रूजले टुंग्यायो ५० दिनको यात्रा, प्रधानमन्त्री मोदीले गरेका थिए उद्घाटन

विश्वको सबैभन्दा लामो नदी क्रूज एमभी गंगा भिलासले ५० दिनको यात्रा टुंग्याएको छ। फेब्रुअरी २८ मा उक्त क्रूज असमको डिब्रुगढमा यात्रा टुंग्याएको हो। भारतमा बनेको उक्त क्रूज जहाजलाई प्रधानमन्त्री नरेन्द्र मोदीले गत १३ जनवरीमा झण्डा देखाएर वाराणसीबाट प्रस्थान गराएका थिए।

यो क्रूजले पटना साहिब, बोधगया, विक्रमशिला, ढाका, सुन्दरबन र काजिरंगा राष्ट्रिय निकुञ्ज हुँदै ३ हजार २ सय किलोमिटरको दूरी तय गरेको थियो। डिब्रुगढमा विशेष समारोहबीच उक्त क्रूजको स्वागत गरिएको एएनआईले जनाएको छ।

अद्वितीय डिजाइन र भविष्यको दृष्टिले बनेको यो क्रूजमा ३६ जना पर्यटक क्षमताको तीन डेक र १८ वटा सुइटहरू छन्। यो क्रूज दुई वर्षका लागि बुक गरिसकिएको छ।

असमका बन्दरगाह, जहाज एवं जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले यो रुटले भारत र बंगलादेशका लागि जलमार्गबाट ढुवानी सेवा गर्न नयाँ अध्यायको सुरुवात गरेको बताए। उनले धार्मिक गन्तव्यका लागि पर्यटकीय प्रवर्द्धन हुने र काशी, बोधगया, विक्रमशिला, पटना साहिबजस्ता ठाउँहरू भ्रमण गर्ने अवसर पाउने बताए। यी राष्ट्रिय जलमार्गहरूले असम, नागाल्याण्ड, त्रिपुरा, मणिपुर, मिजोरम र अरुणाचल प्रदेशलाई पनि फाइदा पुग्ने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *