थारु एक्सप्रेस डटकमको शुभारम्भ

पूर्वमन्त्री एवं नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले समाज परिवर्तनका लागि अब खोज पत्रकारिता आवश्यकता रहेको बताएका छन्। थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्साले सञ्चालनमा ल्याएका थारुएक्स्प्रेस डटकमको उद्घाटन गर्दै उनले थारू समुदायमा देखा परेको विकृति, विसंगतिलाई चिर्न खोज पत्रकारिताको आवश्यकता रहेको बताए।

वीरगञ्जस्थित रहेको रोयल एकेडेमीमा थारु पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्सा तथा मेलमिलाप थारु परिवार पर्साको संयुक्त आयोजनामा थारुएक्स्प्रेस डटकम सञ्चालनमा ल्याइएको हो।

थारू समुदायको पहिचान, सँस्कृति बचाउनका निमित्त जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकाबाट बजेट विनियोजन गरेको जानकारी दिए। आफ्नो समुदायको लागि सक्दो सहयोगसमेत गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु, थारु कल्याणकारीणी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पंजियार, थाकस केन्द्रीय सदस्य बृजमोहन चौधरी, थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय कोषाध्यक्ष दुष्यन्त चौधरी, थारू पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नवीन चौधरी, थारु नागरिक समाज बारा, पर्सा र रौतहट संयोजक प्रमानन्द चौधरी, थाकस पर्साको कार्यबाहक अध्यक्ष रामेश्वर महतो, मेलमिलाप अध्यक्ष मनोज चौधरी, थारू पत्रकार संघ नेपाल पर्साका संस्थापक अध्यक्ष ओम प्रकाश चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष अजित भुजेल, थाकस पर्साको कार्यबाहक अध्यक्ष रामेश्वर चौधरी, थारू अगुवा तथा समाजसेवी प्रकाश थारू लगायतले मन्तव्य दिएका थिए।

थारू पत्रकार संघ नेपाल पर्साका अध्यक्ष शम्भु महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालक थारू पत्रकार संघ नेपाल पर्साका सचिव दिपेन्द्र चौधरीले गरेका थिए भने स्वागत मन्तव्य संघकी सह सचिव निलम चौधरीले गरेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *