थारु साँस्कृतिक संग्रहालय बछौलीको नयाँ नेतृत्व चयन

थारु साँस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको १५औं साधारणसभा तथा चौथो अधिवशेनबाट खिलेन्द्रराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसको उपाध्यक्षमा जीतबहादुर चौधरी, सचिव दीपेन्द्र कुमार चौधरी (दिपेश), कोषाध्यक्ष नविन कुमार चौधरी, सह सचिव रतनमाला चौधरी, सदस्यहरुमा यूवराज चौधरी, हठन चौधरी, सन्जु महतो, सन्ध्या गिरी चौधरी, फुलेश्वर चौधरी, सन्त कुमार चौधरी चयन भएका छन्।

अधिवेशनको उद्घाटन गर्दै रत्ननगर नगरपालिका वडा न ६ का वडा सदस्य किरण चौधरीले लोपहुन लागेको थारु भाषा, कला, संस्कृतिको जर्गेन गर्न यस संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको बताए। यस संग्रहालयको संरक्षण एवं सम्बद्धर्न गर्नको लागि यूवाहरु ससक्त भएर लाग्नु पर्ने बताए।

कार्यक्रममा थारु संग्रहालयका पूर्व अध्यक्ष अर्जुन चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, हरियाली युवा क्लबका निर्वतमान अध्यक्ष पूर्ण चौधरी, शिक्षक अर्जुन चौधरीले शुभकामना मन्तब्य दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *