थरुहट आन्दोलनका दुई योद्धा डा. गोपाल दहित र योगेन्द्र चौधरीद्वारा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सबल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्।

थरुहट आन्दोलनका एक योद्धासमेत रहेका दहित थरुहट तराई पार्टीको समेत नेतृत्व गरेका थिए। स्थानीय चुनावका बेला थरुहट तराई पार्टी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच एकता भएको थियो। त्यो एकता पछि कांग्रेससँग मर्जर हुन पुगेको थियो। उनी थारु समुदायका बौद्धिक नेताको रुपमा समेत चिनिन्छन्।

त्यस्तै थरुहट आन्दोलनका अर्का योद्धा योगेन्द्र चौधरीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनले सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्। फोरम लोकतान्त्रिकबाट सांसदसमेत भएका उनफ पछिल्लो समय पार्टीको क्रियाशील सदस्यता छानविन समितिका सदस्य रहेर ठूलो जिम्मेवारी बहन गरेका थिए। क्रियाशील विवाद रहेका जिल्लाहरूमा सहमति गराउन नेता चौधरीको पनि भूमिका छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *