थारु आयोगको वेवसाइट खोल्दा अटोमेटिक पोर्न साइट खुलेपछि…

थारु समुदायको उत्‍थानका लागि संविधानले दिएको अधिकारबमोजिम थारु आयोगको गठन भएको छ। हालसालै थारु आयोगको पाँच सदस्यीय पदाधिकारीले पूर्णता पाएको थियो। जसको अध्यक्षमा विष्णु चौधरी र सदस्यहरुमा भोलाराम चौधरी, सुबोध सिंह थारु, डा. उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी रहेका छन्।

थारु आयोगले अफिसियल वेवसाइट थारु कमिसन डट जिओभी डट एनपी सञ्चालमा ल्याएको छ। त्यही वेवसाइट खुल्दा अटोमेटिङ पोर्न साइट खुल्ने गरेको छ। थारु आयोगगको वेवसाइट खोल्दा अटोमेटिक ‘गोल्डप्राइज डट एक्सवाइजेड’ नामक दर्टी टिन्डर वेवपोर्टल खुल्ने गरेको पाइएको छ। जुन पोर्न वेवसाइट हो।

महिना दिनअघि आयोगका एक पदाधिकारीलाई यसबारे जानकारी दिए पनि हालसम्म यसको समाधान गरिएको छैन। ती पदाधिकारीले मलाई यसबारे जानकारी नभएको बताए। तर सरकारको महत्वपूर्ण आयोगको वेवसाइटमा यसरी अटोमेटिक पोर्नसाइट खुल्नु पक्कै पनि राम्रो होइन। यद्यपि नेपालमा पोर्न साइटहरुलाई सरकारले ब्लक गरेको अवस्था छ।




One thought on “थारु आयोगको वेवसाइट खोल्दा अटोमेटिक पोर्न साइट खुलेपछि…

Leave a Reply to Nishant Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *