राज-अन्जुको नयाँ गीत, चुडेल अवतारमा देखिइन् अन्जु

थारु सांगीतिक क्षेत्रमा राज कुश्मी र अन्जु कुश्मी बेस्ट जोडीको रुपमा चिनिन्छन् । यी दुईले ड्युट गायनमात्र होइन, आफ्नो गीतमा आफैँ अभिनयसमेत गर्दै आएका छन् ।
गायन तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यी जोडीले हालसालै विन्दास अवार्डमा पनि बेस्ट जोडीको अवार्ड जितेका थिए । यी जोडीले केही महिनाअघि राजेश हमाललाई नचाएर समाजिक सञ्जालमा भाइरलसमेत बनेका थिए ।

फुलकुमारी, टु हुइटो मोरे राजा, जालिदार मोर चोलियाजस्ता हिट गीत गाइसकेका तिनै राज, अन्जुको जोडीले नयाँ गीत सार्वजनिक गरेका छन् । अन्धरिया रातमे बोलको गीतमा यी जोडी आफैँले अभिनयसमेत गरेका छन् ।

सिएस फिल्मस्ले सार्वजनिक गरेको भिडियोमा अन्जु चुडेलको भूमिकामा देखिएकी छन् । भिडियोमा उनले राज कुस्मीलाई आफ्नो शिकार बनाउन भरपुर प्रयासरत देखिन्छन् । अन्जु अन्य म्युजिक भिडियोमा जस्तै हट एन्ड सेक्सी देखिएकी छन् । गीतलाई सतिश सिन्हाले निर्देशन गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *