श्रीमतीको हत्या गरी प्रेमलाल चौधरीले गरे आत्महत्या

कैलालीमा एक युवकले श्रीमतीकाे हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन । आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका हुन्।

हत्याको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *