खिचरा महोत्सव : भेट्रान दौडमा हरिप्रसाद शर्मा प्रथम

कारी महतो/चितवन।
खैरहनी नगरपालिकामा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खिचरा महोत्सवमा आयोजना गरेको भेट्रान दौडमा खैरहनी ५ का ४३ वर्षीय हरिप्रसाद शर्मा प्रथम भएका छन् । उनले निर्धारित तीन किलोमिटरको दौड १५ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् ।

उक्त दूरीको दौड खैरहनी ६, पुरानो पर्साबजारका ४९ वर्षीय नेत्र बहादुर रोकाले १५ मिनेट ३० सेकेन्डमा पुरा गरी द्वितीय भएका छन् । त्यस्तै सोही दूरीको दौड ४७ वर्षीय पुरन श्रेष्ठले १५ मिनेट ४५ सेकेन्डमा पुरा गरी तृतीय स्थान हासिल गरेका छन् ।

दौडमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई नगद ५ हजार, ३ हजार र २ हजार, मेडल प्रमाण पत्र दिइने शैक्षिक तथा खेलकुद संयोजक आशाराम चौधरीले जानकारी दिएका छन् । त्यस्तै महोत्सव परिसरमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार पनि भोलि नै वितरण गरिने जानकारी सदस्य सचिव दिपनारायण राउतले जानकारी दिएका छन् । पुरस्कार वितरणका लागि प्रदेश नं. ३ का कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थिति हुने आयोजक समितिले जनाएका छन् । महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *