खिचरा महोत्सवमा जब दिपक बज्राचार्यले भने ‘ओ अमिरा’

खैरहनीमा भैरहेको छैठौं खिचरा महोत्सवमा आज दिपक बज्राचार्यको रिदम ब्याण्डको संगीतले धुम मच्चाए । उनलाई हेर्न आएका दर्शकहरुले स्टेज अगाडि नाच्दा महोत्सव स्थल नै धुलाम्मे भएको थियो । उनले मन मगन, ओ अमिरा, काली काली, मायाको डोरीले लगायत एक दर्जन गीतहरु गीत गाएर दर्शक नचाएका थिए । दिपक बज्राचार्यलाई महोत्सव परिवारले सम्मान स्वरुप मुणेठा लगाईदिनुका साथै चिचरको पोकाको मायाको चिनो प्रदान गरेका छन् । आज खैरहनी नगरपालिकाका १३ वडाका सबै वडा अध्यक्षहरुले संयुक्त रुपमा महोत्सव अवलोकन गर्नुका साथै थारु खानाका परिकारहरुको स्वाद लिएका छन् ।

महोत्सवको होटल परिसरमा सबैभन्दा बढी थारु खानाहरु बिक्री भैरहेको होटल सञ्चालकहरुले प्रतिक्रिया दिएका छन् । थारु खानाहरुमा चिचर, चिचरको पोका, घोंघी, माछा, गङटा, परेवाको मासु, नकगर रोटी लगायतका परिकार राखिएको छ । महोत्सव परिसरमा सञ्चालन भैरहेको स्टिमरमा दर्शकहरुको घुँइचो लाग्ने गरेको छ । एक सय रुपैयाँ टिकट लाग्ने स्टिमरमा दर्शकहरु तछाडमछाड भएको देखियो ।

भोलि माघ ५ गतेका दिन युवा पिढींले निकै रुचाएका चर्चित गायक स्वप्न सुमन र उनको ब्याण्डले महोत्सव तताउने साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले बताए । साथै भोलि मिस्टर एण्ड मिस थारु २०१८ का अन्तिम प्रतिस्पर्धीहरुले विभिन्न किसिमका थारु पहिरनमा फेसन शो देखाउने छन् । साथै भोलि मिस नेपालहरु रोनाली अमात्य, रोजिना श्रेष्ठ, रोशनी खत्री र निश्मा चौधरीको उपस्थिति रहने छ ।

भोलि बिहान ८ बजे मगनी चोकबाट महोत्सव स्थलसम्म भेटरान दौड हुने शैक्षिक तथा खेलकुद समितिका संयोजक आशाराम चौधरीले जानकारी गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *