विजय गच्छदार बने कांग्रेस उपसभापति

नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने छ ।

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महासमिति बैठकमा पेस हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पनि अन्तिम रुप दिन बाँकी छ ।

यस्तै मंगलबारको बैठकले विजयकुमार गच्छदारलाई पार्टी उपसभापति मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति मनोनित गर्नुभएको हो । यस्तै बैठकले भातृ संगठन व्यवस्थित गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *