थाकस महाधिवेशन: बिहान ८ बजे बोलाइएको बन्दसत्र दस घन्टापछि सुरु

बिहान ८ बजे बोलाइएको बन्दसत्र सुरु साँझ ६ भएको छ। सप्तरी र रौतहटका थारुहरुले मूल गेटमै धर्ना दिएपछि बन्दसत्र सुरु हुन सकेको थिएन। उनीहरुले थाकस केन्द्रीय कमिटीले मनोमानी तरिकाले प्रतिनिधि चयन गरेको भन्दै निष्पक्ष छानबिनको माग गर्द धर्ना दिएका थिए।

बिहानदेखि बसेको केन्द्रीय कार्यसमितिले उक्त विवाद समाधान गर्न नसक्दा जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरु अलपत्र परेका थिए। दुई पक्षबीच आंशिक सहमति भएपछि बन्द सत्र सुरु भएको आयोजकले जनाएको छ।

बन्स सत्रबाट एउटा वार्ता टोली गठन गर्ने र सोही टोलीले उक्त समस्याको समाधान निकाल्ने सहमति भएको बताइएको छ। तबसम्म उक्त जिल्लाका प्रतिनिधिहरुलाई बन्दसत्रमा सहभागी नगराइने बताइएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *