आजदेखि थाकसको २२औं महाधिवेशन काठमाडौंमा सुरु

थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्‍घाटन राष्ट्रियसभा गृहमा हुँदैछ। आयोजकका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्‍घाटन गर्नेछन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ। 

महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि र प्रर्यवेक्षकहरु शनिबारदेखि नै काठमाडौं आइपुगेका छन्। थाकसका अनुसार प्रतिनिधि र पर्यवेक्षक गरी एक हजारभन्दा बढी महाधिवेशनमा सहभागी हुँदैछन्।

महाधिवेशनको लागि थाकसले झाँकी र्‍यालीकोसमेत आयोजना गर्दैछ। झाँकी संयोजक रामलाल चौधरीका अनुसार बिहान १० बजेदेखि भृकुटिमण्डपबाट र्‍याली सुरु हुनेछ। टुडिखेल परिक्रमा गरेर र्‍याली सभागृहमा छिर्ने उनले जानकारी दिए।

त्यस्तै उद्‍घाटन सत्रमा विभिन्न जिल्लाबाट आएकाहरुले परम्परागत नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *