थाकस सुनसरीमा सुरेन्द्र चौधरी निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस), सुनसरीको सभापतिमा सुरेन्द्र चौधरी निर्वाचित भएका छ्न्। आकांक्षी मनोज चौधरीलाई ३५ मतकाविरुद्ध सुरेन्द्रले ४५ मत ल्याएको निर्वाचन समितिका रामराज चौधरीले जानकारी दिए।

त्यस्तै सदस्यमा रामपरी चौधरी, मोही नारायण चौधरी, रुपेश चौधरी, देवानन्द चौधरी, बसन्त चौधरी, देबेन्द्र चौधरी, तारादेबी चौधरी, जानकी चौधरी, वीर नारायण चौधरीर देबेन्द्र चौधरी विजय भए।

केन्द्रीय प्रतिनिधिमा पुनित लाल चौधरी, दयानन्द चौधरी, लतुराम चौधरी, गवन सिंह चौधरी, नथुराम चौधरी र देव कुमार चौधरी विजयी भए।
कार्यसमितिलाई पुर्नता दिन निर्वाचित सदस्यबाट चयन गरिने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *