थारुहरुले नागरिकता फिर्ता अभियान चलाउनुपर्छ : सुरेन्द्र चौधरी

थारु अधिकारकर्मी सुरेन्द्र चौधरीले थारुहरुले नागरिकता फिर्ता अभियान चलाउनुपर्ने बताएका छन्। थारु पत्रकार संघ नेपालले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राज्यले गरिरहेको विभेदविरुद्ध अब थारुहरुले नागरिकता फिर्ता गर्ने अभियान चलाउनुपर्ने र सीमापारि गएर शिविरमा बस्नुपर्ने उल्लेख गरेका हुन्।

‘राज्यले थारुहरुलाई यो देशको नागरिकसरह व्यवहार नै गरेको  छैन। सरकारले नै आफ्नो नागरिक नठानेपछि उनीहरुको नागरिकता हामीलाई के काम? कैलाली, बर्दियामात्र नभएर सबै थारुहरुले नागरिकता फिर्ता अभियान चलाउँ, अनि हेरौंला राज्यले के गर्दोरहेछ,’ उनले भने।

उनले राज्यको विभेदकै कारण थारुहरु सीके राउतको बाटोमा हिँड्न थालेको आरोप लगाए। राज्यको विभेद देखेर थारुहरु विखण्डनको धारमा पुगेको बताउँदै उनले सबै थारु अधिकारकर्मीहरु एकजुट भएर नयाँ शिराबाट आन्दोलनको थालनी गर्नुपर्नेमा जाोड दिए।

यो पनि पढ्नुस् : ‘टीकापुर घटनामा मिडियाको दानवीकरण र राज्यको नश्लीय दुर्व्यवहार’




Leave a Reply

Your email address will not be published. Required fields are marked *