यो देश बब्बन सिंहजस्ताको लागि ठीक रहेछ, थारुको लागि होइन

टीकापुर घटनालाई लिएर अनेक कुरा गर्नुभन्दा टीकापुरबासीले सबै उम्मेदवारभन्दा बढी भोट ल्याएर जितेको रेशम चौधरीलाई सांसद मान्नु नै अबको उत्तम विकल्प हो । रेशमलाई सांसद मान्ने हैन भने उसलाई किन उम्मेदवार बनाउन दिइयो ? किन उम्मेदवारी दर्ता गर्नुअघि नै रोक्न सकिएन । किन दाबी विरोध गर्न सकिएन ?

चुनाव जितिसेकपछि हामीले ख्याल राख्नुपर्ने कुरा के हो भने नेपालको संघीय सांसद २७५ जना हुने व्यवस्था छ । चुनाव भएको एक वर्ष हुन थालिसक्यो तर टीकापुरमात्रै एउटा यस्तो क्षेत्र छ, जहाँको सांसदले चुनाव भारी बहुमतले जितेर पनि संघीय संसदमा सहभागिता जनाउन सकेको छैन । आफ्नो क्षेत्रको विकास निर्माण तथा जनताको पीरमर्काका कुराहरु उसले संसदमा राख्न पाएको छैन ।

कि त सरकारले रेशम चौधरीलाई सांसद बनाउने बाटो खोलिदिनुपर्छ कि रेशम चौधरी सांसद हुन सक्दैन भनेर पुननिर्वाचन गराउन सक्नुपर्छ । सुनिँदैछ– ‘टीकापुर क्षेत्रको सांसदले खर्च गर्न पाउने संसदीय विकास खर्च रु. ४ करोड पनि क्षेत्र नं. १ को सांसदले खर्च नगरी क्षेत्र नं. २ को सांसदको नेतृत्वमा खर्च हुँदैछ रे ?

के यो टीकापुरको लागि उचित हो ? विजेता एउटा सांसद खर्च गर्न अर्कै क्षेत्रको सांसद ? कहाँको न्याय हो यस्तो ?

बालकृष्ण ढुंगेललगायत विगतमा लामो समय जनयुद्ध गरेर देशमा अराजकता ल्याउने समूह अहिले संसदीय क्षेत्रको माऊ बनेर बसेको छ भने चुनाव जितेर सांसद भएको व्यक्ति अझै गुमनाम छ । यो देश बब्बन सिंहजस्ताको लागि ठीक रहेछ, जसरी पनि न्याय पाउने अनि रेशम चौधरी एउटा थारुको छोरो भयो भन्दैमा न्याय अझै क्षितिजभन्दा पारी रहने ?

जे होस ! टीकापुरले न्याय पाउनु पर्यो ? कि त जितिसकेको सांसद रेशम चौधरीलाई सांसदको भूमिका दिन सकोस् राज्यले कि त नयाँ सांसदको व्यवस्था गर्न निर्वाचनको व्यवस्था गरोस् । लामो समयसम्म टीकापुरलाई राजनीतिक बन्दी अवस्थामा नराखियोस् ।

भैया ! तैं अभिन् भी सच्चा बाटीस् तो तुहीन न्याय हो के छोडी ।
कलाकार हो के चर्चीत हुइना मनै राजनीतिक क्षेत्रमे हात डालके गन्दा क्षेत्रमे हात हालके यी सजाय पाइल बा ? ध्यूर महत्वाकांक्षा राखके ऐसिन हुइल बा । अब न्याय तुहार हातमे परी तो टीकापुरिक सक्कु मनैन्के लाग काम करना तुहार दायित्व हो ।

अभिन भि थारु और पहाडिक साम्प्रदायिक धारणा टकिापुरमे पली बा सुनटी हम्र । उहिन चिर के थारु पहाडिन सक्कु पहिले जैसिन अवस्थामा ल्याइना तुहार उत्तरदायितव हो । यी बात नही समझके फीर वैसिन धारणा आइ तो टीकापुरकै दुर्शशा हमेशाके लागि रहजाई ।

अब तैं टीकापुरीक थारु और पर्बातिनके बीचके मध्यस्तकर्ता हो के सेतुके काम करना तुहार दायित्व हो । मोर तरफसे अग्रिम शुभकामना भाई।

चतुर्भुज गौतम/फेसबुकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *