आज रानाथारुको तीज, पहिलो पटक स्थानीय बिदा

पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले आज धुमधामका साथ तीज पर्व मनाइरहेका छन् ।

तीज पर्व रानाथारु समुदायको दोस्रो ठूलो पर्व हो । यस समुदायका चेलीले दाजुभाई र भतिजोहरूको सु–स्वास्थ्य र दीर्घायूको कामना गरी आज निराहार ब्रत बसेर पर्व मनाइरहेको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका स्थानीय मेखराज रानाले बताए ।

यसैबीच, कञ्चनपुरको लालझाँडी गाउँपालिकाले स्थानीय बिदा उपलब्ध गराएको छ । रानाथारुको पर्वमा स्थानीय बिदाको घोषणा भएको सम्भवतः पहिलो बिदा रहेको रानाथारु अगुवाहरू बताउँछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *