‘सिरुवा पवैन’को म्युजिक भिडियो सार्वजनिक

थारु फिल्मस् प्रोडक्सनले दोस्रो कोसेली ‘सिरुवा पवैन मे जुर शितल’को म्युजिक भिडियो सार्वजनिक गरेको छ। रामलाल चौधरीको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा चितवनका गायक मनोज महतो र कैलालीकी गायिका समीक्षा चौधरीले स्वर दिएका छन्। दुबैले पूर्वीया लवज यो गीत गाएका छन्।

म्युजिक भिडियोमा भने बीएन चौधरी, एन्डिसा चौधरी, रामलाल चौधरी र जानकी चौधरीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन जनक चौधरीले गरेका छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *