थारु नेताहरु राजनीतिक कमैया बने : कम्युनिस्ट नेता गंगा चौधरी

कम्युनिस्ट नेता गंगा चौधरीले थारुहरुले केहीमात्रामा राजनीतिक पहुँच बनाए पनि त्यो पर्याप्त नरहेको बताएका छन् । उनले माओवादी जनयुद्धकालपछि थारुहरुको राजनीतिक पहुँच बढेको बताए । तर, पहुँच बनाएका थारु नेताहरु पार्टीभित्र कमैयासरह बस्न बाध्य भएको बताए ।

‘शान्तिप्रक्रियापछि थुप्रै थारुहरु देशको नेतृत्व तहमा पुगे । थुप्रै थारुहरु सांसद, मन्त्री बने । तर उनीहरुले थारु अधिकारका निम्ति ठोस काम केही गर्न सकेनन्,’ उनले भने ।

माओवादी जनयुद्धकालमा कैलालीमा थारु नेताहरुलाई कम्युनिज्मबारे प्रशिक्षण दिएका उनले भने, ‘पहिले थारुहरु जमिन्दारका कमैया बन्नपथ्र्यो, अहिले राजनीतिक कमैया बन्नपरिरहेको छ ।’

यस्तो हुनुमा उनीहरुले नेतृत्व तहलाई दोष देखाउँछन् । थारुहरुमा एकता नहुनु, पार्टीभित्र नेतृत्व गर्न नसक्नु, समुदायको अधिकारभन्दा पनि आफ्नो समृद्धितर्फ लाग्नु थारु नेताहरुको कमजोरी रहेको उनले बताए ।

उनले जबसम्म राज्य हरेक निकायमा थारुहरुको समानुपातिक समावेशिता हुँदैन, तबसम्म थारुले अधिकार पाएको महसुस नहुने बताए । ‘थारुहरु डिआइजी, एआइजी बन्नपर्यो, थारुहरु सचिव, मुख्य सचिव बन्नपर्यो, थारुहरु सिडिओ बन्नपर्यो, थारुहरुको भाषा, संस्कृति संरक्षण हुनपर्यो, यी कुराहरु पूरा भए बल्ल थारुहरुले अधिकार पायो भन्ने हुन्छ । अहिले पाएको अधिकारको कुनै तुक छैन ।’

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *