सुनिता चौधरीलाई युवा प्रतिभा पुरस्कार

बर्दियाकी सुनिता चौधरी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन्। उनलाई जिल्ला युवा समितिको कार्यालयले सम्मान गरेको हो। उनी विगत लामो समयदेखि सडक नाटक खेल्दै आएकी छन्।

कलाकारिता क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल सुनितालाई प्रतिभा पुरस्कार प्रदान गरिएको आयोजित कार्यक्रममा जानकारी दिइयो।

हालसालै उनले थारु भाषाको फिल्म भुरभुरा रहरमा समेत अभिनय गरेकी छन्। गत वर्षको माघीमा मण्डला थियटरको नाटक लवकी कन्यामा पनि उनले अभिनय गरेकी थिइन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *