सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित

हिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

एपिएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपै या प्राप्त गरिन् । उपाधिबाट वञ्चित रहेको डायमण्डले ब्यक्तिगत विधामा भने वर्चस्व जमायो । डायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाइकर, अरुणा शाही उत्कृष्ट सर्भर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीकी जानकी भण्डारी उत्कृष्ट सेटर र आर्मीकै सोफिया पुन उत्कृष्ट ब्लकर घोषित भए ।

उनीहरुले समान ५ हजार रुपैया प्राप्त गरे । मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे । जेठ २१ गतेबाट शुरु भएको प्रतियोगितामा गत फागुनमा भएको एनभिए छनोट खेलमाट छनोट भएका ६ टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *