ढेड लाख राशिको कोल्हबी गोल्डकपको तयारी पूरा

नागेन्द्र चौधरी/बारा।
बारा जिल्लामा पछिलो दिनमा फुटवल प्रेमीहरु बढदै गइरहका छन् । सिमरा गोल्डकप र पिपरा गोल्डकपपछि निजगढ गोल्डकप र कोल्हबी गोल्डकप हुने भएको छ ।
जनशक्ति कल्ब कोल्हवीको आयोजनमा चैत १५ गतेबाट प्रथम कोल्हवी गोल्डकप २०७४ हुने भएको हो । आयोजक कल्बले शनिबार पत्रकार सम्मेलन गर्दै कोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष त्रियोगी प्रसाद राउत थारुले कोल्हवी नगरपालिकाले मात्र बीस लाख सहयोग दिने बताए ।

प्रथम कोल्हवी गोल्डकपमा १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ। जनशक्ति कल्ब कोल्हवी (आयोजक), नेपाल पुलिस भरतपुर, एफसि हेटौडा, निजगढ युवा कल्ब, वीरगञ्ज युथ कल्ब, नव जन जागृति कल्ब सिमरा, एफसि बैंखरी महोतरी, बिएफसि भरतपुर, लहान ११ तथा बारा ११ गरी दश वटा टिम सहभागीता हुनेछन् ।

प्रथम पुरस्कारको रािश एक लाख पचास हजार तथा दोस्रो पुरस्कारको राशि ७५ हजार रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर सिंह, तमागढी साझेदारीका संयोजक रबिन्द्र पनहर, कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष महेश कुमार साह, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष विरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ११ का अध्यक्ष नन्दकिशोर चौधरीलगायतले खेलकुद क्षेत्रको विकासबारे आफ्नो धारणा राखेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *