केपी ओली बने नेपालको ४१औं प्रधानमन्त्री

नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन्।

समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेपेका उनी अडानमा दृढ नेता मानिन्छन्।

नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओलीले २०७३ साउन २० मा राजीनामा दिएका थिए। उनको यसअघिको कार्यकालमा  छिमेकी चीनको औपचारिक भ्रमण भई यातायात र पारवहनलगायत द्विपक्षीय महत्वपूर्ण सम्झौता सम्पन्न भएको थियो ।

नेकपा (माओवादी केन्द्र)ले समर्थन छाडेपछि सत्ताबाट बाहिरिनुभएका ओली अहिले माओवादी केन्द्रसँगको चुनावी तालमेल र त्यसपछि पार्टी एकता प्रक्रिया सँगसँगै केन्द्रकै समर्थनमा प्रधानमन्त्री भएका हुन्।

नेता ओली पिता मोहनप्रसाद र आमा मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ (सन् १९५२ । ०२ । २३) मा जन्मिएका हुन्। रणामती–६, झापामा बसाइँ सरेका उथी त्यहीँबाट सक्रिय राजनीतिमा होमिएका थिए। उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नंं ५ बाट निर्वाचित भएका हुन्।

लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।

पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *