नाइटिङ्गेल स्कुलले मनायो रजत जयन्ती, यस्तो थियो २५ वर्षे यात्रा

नाइटिङ्गेल स्कुलले सोमबार रजत जयन्ती मनाएकको छ । ललितपुरको लगनखेलस्थित आर्मी कल्बमास्कुलले यो २५ व्र्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सव मनाएको हो । करिब ५० जना विद्यार्थीबाट वि.सं २०४९ सालमा सुरु भएको नाइटिङ्गेल स्कुल थुप्रै चुनौतका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रस्थानमा रह्यो । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस स्कुलका संस्थापक अध्यक्ष एवं सांसद तेजुलाल चौधरी जीवन नै समर्पण गरे ।

शिक्षालाई व्यवसायभन्दा पनि गुणस्तर र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने नै तेजुलालको चाहना थियो । त्यसैले त आज सबै अभिभावकको आँखामा परेको छ नाइटिङ्गेल स्कुल र आफ्नो छोराछोरीको भविष्य खोज्दै पुग्छ नाइटिङ्गेल स्कुलको गेटमा । अहिले शिक्षा क्षेत्रमा ठूलै फड्को मारेको छ नाइटिङ्गेल स्कुलले । २५ वर्षे यात्रामा एउटा शिक्षण संस्थाको रुपमा मात्र नभएर नेपालमै शिक्षा क्षेत्रको ब्राण्डको रुपमा परिचित छ यो स्कुल

यहाँसम्मको यात्रा गर्दा आज यो संस्थासँग पुर्वप्राथमिकदेखि प्लस टू, प्रवीणता प्रमाणपत्र तहको निर्सिङ र नाइटिङ्गेलका शाखाहरु विभिन्न ठाउँमा विस्तार भइसकेको छ ।

नाइटिङ्गेल स्कुलबाटै २ हजार जना विद्यार्थीहरु बोर्डमा प्रथम स्थान सहित एस.एल.सी. तथा एस. ई. ई. मा सर्वोत्कृष्ट नतिजा दिलाएको छ । आज यही नाइटिङ्गेल स्कुलबाट पढेर गएका विद्यार्थीहरु सफल विशेषज्ञ डाक्टर, इन्जिनियर, पाइलट, वकिल, म्यानेजर, सिइयो, अनुसन्धानकर्मी, प्रहरी तथा सैन्य अधिकृत, कलाकर्मी, व्यवसायी बनेका छन् ।

नेपाल सरकारले नाइटिङ्गेल स्कुललाई राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट विद्यालयको रुपमा घोषणा गरेर राष्ट्रिय ध्वज, शिल्ड तथा नगद पुरस्कारबाट विभुषित गरेको छ । नेपालमा स्थापित विद्यालयहरुमा एउटा छुट्टै पहिचान बनाएको नाइटिङगेल स्कुलले थुप्रै शिक्षा क्षेत्रमा नया“ रेकर्ड पनि कायम गरेको छ ।

कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षाको क्षेत्रमा नाइटिङ्गेल स्कुलले एउटा युग पार गरेको बताए । उनले नाइटिङ्गेल स्कुल प्रभावकारी र गुणस्तरीय शिक्षामा सधैं ध्यान दिएको पनि बताए । श्रेष्ठले दिइरहेको गुणस्तर शिक्षामा कुनै सम्झौता पनि नगर्न आग्रह गरे ।

कार्यक्रममा नाइटिङ्गेल स्कुलका संस्थापक अध्यक्ष तेजुलाल चौधरीले अगामी दिनमा पनि यसको साख गिर्न नदिने प्रतिवद्धता जनाएको छ । उनले लगातार राष्ट्रिय पुरस्कार पाउने एकमात्र स्कुल नाइटिङ्गेल भएको समेत जानकारी दिए । उनले अब नाइटिङ्गेल स्कुलबाट थप विषयहरु ल्याएर विद्यार्थीहरुलाई थप आकर्षित गर्ने बताए ।

विद्यालयका प्रिन्सिपल रञ्जना प्रधानले स्थापना कालदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेकाले पनि आफ्नो विद्यालय देशभरमा उत्कृष्ट हुन सफल बनेको बताए । रजत जयन्तीको अवसरमा २५ बर्षदेखि नाइटिङ्गेल स्कुलमा आवद्ध शिक्षक र शिक्षिकालाई नगद २५ हजार र योगदानको कदर गर्दै सम्मान गरेको छ ।

त्यस्तै उत्कृट विद्यार्थी र कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरेको छ । रजत जयन्तीको अवरमा सातै प्रदेशको कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *