थाकस कोरियाद्वारा सञ्जीत महतो र रीमा थारुलाई लाख बढी सहयोग

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले सञ्जीत महतो अक्ष्यकोषका लागि एक लाख ५ सय रुपैयाँ प्रदान गरेको छ। चितवनमा आयोजित पाँचौं खिचरा महोत्सवको अवसरमा कोरिया च्याप्टरका अध्यक्ष शिव चौधरी र भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले संयुक्तरुपमा सो बाराबर रकमको चेक हस्तान्तरण गरेका थिए।
त्यस्तै रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने रीमा थारुलाई एक लाख १ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ। बनगाई मावि कक्षा ९ मा अध्यनरत १४ वर्षीय रीमाको मुटुमा समस्या आएपछि थाकस कोरिया च्याप्टरले त्यहाँ कार्यरत थारुहरुसँग रकम संकलन गरी उपचार्राथ सहयोग गरेको अध्यक्ष शिव चौरधीले जानकारी दिए। उक्त रकम यसैसंस्थाका पूर्वअध्यक्ष पुष्प चौधरीले हस्तान्तरण गरेका थिए।

थाकस कोरिया च्याप्टरले प्रवासमा रहेका थारुहरुसँग रकम संकलन गरेर नेपालका थारु समुदायबीच विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ। यसअघि पनि थाकस कोरिया च्याप्टरले उपचार्राथ विभिन्न ब्यक्तिलाई सहयोग गर्नुका साथै टीकापुर घटनाका पीडितहरुलाई पनि सहयोग गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *