कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने

थारु कल्याणकारिणी सभा कपिलवस्तुले माघीको तयारी सुरु गरेको छ। कपिलवस्तुको गोरुसिङेमा तीन दिन सम्म आयोजना गर्ने माघी महोत्सवको तयारी सुरु गरेको हो। पुस २७,२८ र २९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठान गरिएको छ। थारु कल्याणकारिणी सभाका अध्यक्ष जनजिर प्रसाद थारुको संयोजकत्वमा १ सय १ सदस्यी मूल समिति र १५ वटा उपसमितिहरु गठन गरिएको छ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहाकार विश्राम प्रसाद थारुको प्रमुख अतिथ्यता तथा थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जनजिर प्रसाद थारुको अध्यक्षतमा सम्पन्न भेलाले महोत्सव गर्ने निर्णय गर्दै उपसमितिहरुको गठनगरेको हो।

थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विगत सात वर्ष देखि विभिन्न क्लव तथा संघ संस्थासंग सहकार्यमा गर्दै आएको महोत्सव यसपटक थारु कल्याणकारिणी सभाको प्रमुख आयोजनामा हुन लागेको उत्त महोत्सवमा विभिन्न थारुहरुका विभिन्न नृत्यहरु प्रतियोगिताहरु जस्तै झुमरा, झर्रा, मयुर नाच, लाठिनाच र खानाका परिकारहरु साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जानाकारी गराइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *